विज्ञापनहरूले कसरी काम गर्छन्

हामी तपाईँको व्यक्तिगत जानकारी कसैलाई बेच्दैनौँ।

हाम्रो व्यापार धेरै जसो Google सेवा र वेबसाइटहरू दुवैमा र हामीसँग साझेदारी गर्ने मोबाइल अनुप्रयोगहरूमा विज्ञापन देखाउनेमा आधारित हुन्छ। विज्ञापनहरूले हाम्रा सेवाहरूलाई सबैका लागि निःशुल्क बनाउन मद्दत गर्छन्। हामी तपाईँलाई यी विज्ञापनहरू देखाउनका लागि डेटाको प्रयोग गर्छौं, तर हामी तपाईँको नाम, इमेल ठेगाना र भुक्तानी जानकारी जस्ता व्यक्तिगत जानकारी बेच्दैनौँ।

हामी विज्ञापनहरूलाई सान्दर्भिक बनाउनका लागि डेटाको प्रयोग गछौँ

हामी तपाईँका खोजीहरू र स्थान, तपाईँले प्रयोग गर्नुभएका वेबसाइट र अनुप्रयोगहरू, तपाईँले हेर्नुभएका भिडियो र विज्ञापनहरू र तपाईँको उमेरको दायरा, लिङ्ग र रुचीका विषयहरू जस्ता तपाईँले हामीलाई प्रदान गर्नुभएका व्यक्तिगत जानकारी लगयातको तपाईँका यन्त्रहरूबाट संग्रह गरिएको डेटाको प्रयोग गरेर तपाईँलाई उपयोगी विज्ञापनहरू देखाउने प्रयास गछौँ।

यदि तपाईँ साइन इन हुनुहुन्छ भने र तपाईँका विज्ञापन सेटिङहरूका आधारमा यस डेटाले तपाईँले आफ्ना यन्त्रहरूमा देख्नुभएका विज्ञापनहरूको जानकारी दिन्छ। त्यसैले यदि तपाईँ काममा आफ्नो कम्युटरबाट यात्रा सम्बन्धी वेबसाइटमा जानुभयो भने तपाईँले पछि त्यस रात आफ्नो फोनमा पेरिसको लागि हवाइ भाडाको बारेमा विज्ञापनहरू देख्न सक्नुहुन्छ।

विज्ञापनदाताहरूले मानिसले हेर्ने वा ट्याप गर्ने विज्ञापनहरूको लागि मात्र भुक्तानी गर्छन्

विज्ञापनदाताहरूले हामीसँग विज्ञापन अभियान चलाउँदा तिनीहरूले हामीलाई तपाईँको व्यक्तिगत जानकारी अनुसार नभएर — ती विज्ञानहरूले वास्तवमा गरेको प्रदर्शन अनुसार मात्र भुक्तानी गर्छन्। त्यस कुरामा प्रत्येक पटक कसैले हेरेको वा ट्याप गरेको वा अनुप्रयोग डाउनलोड गर्ने कार्य, अनुरोधको फारम भर्ने कार्य जस्ता कामहरू समावेश हुन सक्छन्।

हामी विज्ञापनदाताहरूलाई तिनीहरूका अभियानहरूले कस्तो कार्य गरे भनेर देखाउछौँ

हामी विज्ञापनदाताहरूलाई उनीहरूका विज्ञापनहरू, कार्यसम्पादन बारेको जानकारी दिन्छौँ, तर हामी यो काम तपाईँको कुनै पनि व्यक्तिगत जानकारी खुलासा नगरिकन गर्दछौँ। तपाईँलाई विज्ञापन देखाउने प्रक्रियाको हरेक क्षण हामी तपाईँको व्यक्तिगत जानकारी सुरक्षित र निजी राख्छौँ।

Google का सेवाहरू र साझेदारका साइटहरूमा विज्ञापनहरूले कसरी काम गर्छन्

हामी Google का सेवा वा वेबसाइटहरूमा र हामीसँग साझेदारी गर्ने मोबाइल अनुप्रयोगहरूमा जहाँँ भएपनि तपाईँका लागि उपयोगी विज्ञापनहरू देखाउनका लागि डेटाको प्रयोग गछौँ।

ब्राउजर विन्डोमा भएका फरक-फरक रङका बाइकहरू

खोजका विज्ञापनहरूले कसरी काम गर्छन्

तपाईँले Google खोजको प्रयोग गर्दा सान्दर्भिक खोज परिणामहरूको अर्को छेउमा वा माथि विज्ञापनहरू देखा पर्न सक्छन्। धेरैजसो समय यी विज्ञापनहरू तपाईँले भर्खर गर्नुभएको खोजी र तपाईँको स्थानद्वारा प्रोम्प्ट गरिएका हुन्छन्। उदाहरणका लागि, यदि तपाईँले “बाइक” को खोजी गर्नुभयो भने तपाईँ आफ्नो ठाउँ नजिकका बाइक बिक्रीका विज्ञापनहरू देख्न सक्नुहुनेछ।

अन्य अवस्थामा, थप उपयोगी विज्ञापनहरू डेलिभर गर्नमा मद्दतका लागि हामी तपाईँका विगतका खोजीहरू वा तपाईँ जानुभएका साइटहरू जस्तो अतिरक्त डेटाको प्रयोग गछौँ। तपाईँले पहिले नै “बाइकहरू” को खोजी गर्नुभएकाले यदि तपाईँले अब “छुट्टी” को लागि खोजी गर्नुभयो भने पनि तपाईँ छुट्टीमा बाइकिङ गर्न सकिने ठाउँहरूका खोजी सम्बन्धी विज्ञापनहरू देख्न सक्नुहुन्छ।

Gmail मा देखाइने Google का विज्ञापनहरूलाई पहेँलो रङले हाइलाइट गरिएको छ

YouTube का विज्ञापनहरूले कसरी काम गर्छन्

तपाईँले YouTube मा भिडियोहरू हेर्दा तपाईँ विज्ञापनहरू भन्दा पहिले वा भिडियोको पृष्ठमा चलेको देख्न सक्नुहुन्छ। यी विज्ञापनहरू तपाईँले देख्ने भिडियोहरू र वर्तमान तथा तत्कालका YouTube का खोजीहरू जस्ता अन्य डेटामा आधारित हुन्छन्।

उदाहरणका लागि, यदि तपाईँले “फेशन बारे सुझावहरू” खोजी गर्नुभएको छ वा सौन्दर्य-सम्बन्धी भिडियोहरू हेर्नुभएको छ भने तपाईँ नयाँ सौन्दर्य श्रृंखलाको विज्ञापन देख्न सक्नुहुन्छ। यी विज्ञापनहरूले तपाईँले हेर्ने भिडियोहरूका स्रष्टाहरूलाई सहयोग गर्न मद्दत गर्छन्।

यदि तपाईँ हेर्न चाहनुहुन्न भने धेरैजसो YouTube विज्ञापनहरूलाई छाड्न सक्नुहुन्छ।

खुसी अवस्थामा रहेकी महिलाले हेरिरहेको YouTube भिडियोमा आधुनिक चस्माको पप-अप विज्ञापन छ

Gmail का विज्ञापनहरूले कसरी काम गर्छन्

तपाईँले Gmail मा देख्ने विज्ञापनहरू तपाईँको इनबक्समा रहेका सन्देशहरूका कुञ्जी शब्दहरूमा आधारित हुन्छन्। यो प्रक्रिया पूर्ण रूपमा स्वचालित हुन्छ; तपाईँलाई विज्ञापनहरू देखाउनका लागि तपाईँका इमेलहरू कसैले पढ्दैन।

उदाहरणको लागि, यदि तपाईँले हालसालै फोटोग्राफी र क्यामेराको बारेमा सन्देशहरू प्राप्त गर्नुभएको छ भने तपाईँ स्थानीय क्यामेरा स्टोरको अफरको विज्ञापन देख्न सक्नुहुन्छ।

प्रोफाइल तस्बिर भएको ब्राउजरमा स्टाइलिस हरियो झोलाको विज्ञापन छ

Google साझेदार साइटहरूका विज्ञापनहरूले कसरी काम गर्छन्

थुप्रै वेबसाइट र मोबाइल अनुप्रयोगहरूले विज्ञापनहरू देखाउनका लागि हामीसँग साझेदारी गर्दछन्। यी विज्ञापनदाताहरूले हाम्रा प्रयोगकर्ताहरूले हामीसँग साझेदारी गरेका व्यक्तिगत जानकारी र तपाईँको अनलाइन गतिविधिहरूको बारेमा हामीले संग्रह गरेको डेटामा आधारित दर्शक “प्रकार‍हरू” लाई दिइएका विज्ञापनहरू देखाउने निर्णय गर्दछन्: उदाहरणका लागि यात्रा गर्न रुचाउने २५ देखि ३४ वर्ष सम्मका पुरुषहरू।

हामी तपाईँल पहिले जानुभएका साइहरूका आधारमा पनि तपाईँलाई विज्ञापनहरू देखाउन सक्छौँ — उदाहरणका लागि, तपाईँले आफ्नो अनलाइन किनमेल कार्टमा राख्नुभएको तर नकिन्ने निर्णय गर्नुभएका ती राता जुत्ताहरूका विज्ञापन देख्न सक्नुहुन्छ। तर हामीले यो कार्य तपाईँको नाम, इमेल ठेगाना वा बिलिङ जानकारी जस्ता कुनै पनि व्यक्तिगत जानकारीको खुलासा नगरिकन गछौँ।

Google का विज्ञापनहरूको आफ्नो अनुभवलाई आफ्नै इच्छा अनुसार ढाल्नुहोस्

तपाईँ साइन इन वा साइन आउट जे भएपनि हामी तपाईँले देख्नुहुने विज्ञापनहरूलाई नियन्त्रण गर्न तपाईँलाई उपकहरणहरू दिन्छौँ।

विज्ञापनका सेटिङहरू भएको ट्याब्लेटमा चस्माहरूको विज्ञापन छ

आफ्ना प्राथमिकताहरूमा आधारित विज्ञापनहरूलाई नियन्त्रण गर्नुहोस्

तपाईँ आफ्ना विज्ञापन सेटिङहरू मा गई तपाईँलाई रुचि लाग्ने विषयहरूका आधारमा विज्ञापनहरूलाई नियन्त्रण गर्न सक्नुहुन्छ। उदाहरणका लागि, यदि तपाईँ तपाईँलाई पप संगीत मन पर्छ भनेर Google लाई भन्नको लागि विज्ञापन निजीकरण सम्बन्धी सेटिङहरूको प्रयोग गर्नुहुन्छ भने तपाईँ YouTube मा साइन इन हुँदा आगामी रिलिजहरू र तपाईँको ठाउँ नजिकैका सोहरूका विज्ञापनहरू देख्न सक्नुहुन्छ।

यदि तपाईँ आफू साइन इन हुँदा विज्ञापनहरूको निजीकरणलाई निष्क्रिय गर्नुहुन्छ भने हामी आफ्ना Google सेवाहरूका साथ-साथै हामीसँग साझेदारी गर्ने वेबसाइट र अनुप्रयोगहरूमा तपाईँका रुचिहरूसँग सम्बन्धित विज्ञापनहरू देखाउन रोक्नेछौँ। तपाईँ साइन आउट भएको छ भने विज्ञापनहरूको निजीकरणलाई निष्क्रिय पार्नुले विज्ञापनहरू देखाइने Google सेवाहरूमा मात्र असर पर्नेछ।

शीर्षमा म्यूट बटन भएको हरियो कारको Google विज्ञापन

तपाईँले हेर्न नचाहेका विज्ञापनहरूलाई हटाउनुहोस्

हामी तपाईँलाई हाम्रो साझेदार वेबसाइट र एप्स मार्फत हामीले देखाउने विज्ञापनहरूमा यस विज्ञापनलाई म्यूट गर्नुहोस् भन्ने क्षमता दिन्छौँ। तपाईँ विज्ञापनको कुनामा रहेको "X" लाई चयन गरेर तपाईँलाई अब सान्दर्भिक नलाग्ने विज्ञापनहरू हटाउन सक्नुहुन्छ।

उदाहरणका लागि, तपाईँ एउटा नयाँ कारका लागि बजारमा गएको बेला कारको विज्ञापन निकै सहयोगी हुन सक्छ, तर एक पटक तपाईँ नयाँ गाडी पाएर खुसी भइसके पछि सायद तपाईँ तपाईँले भर्खरै किन्नुभएको कारको बारेमा Google का थप विज्ञापन हेर्न चाहनुहुन्न होला।

तपाईँ साइन इन हुनुहुँदा र तपाईँका विज्ञापन सेटिङहरूका आधारमा यस नियन्त्रणले तपाईँका साइन-इन गरिएका यन्त्रहरूमा रहेका हामीसँग साझेदारी गर्ने वेबसाइट र अनुप्रयोगहरूमा असर पार्नेछ।

तपाईँ विज्ञापनहरू देखाउने Google सेवाहरूमा यस विज्ञापनदातालाई रोक लगाउनुहोस् भन्ने सुविधाको प्रयोग गरेर पनि साइन इन नगरिकन विज्ञापनहरूलाई रोक्न सक्नुहुन्छ।

शीर्ष दायाँ भागमा जानकारीको बटन भएको गगल्सको विज्ञापन

हामी तपाईँलाई विज्ञापनहरू देखाउन कुन डेटाको प्रयोग गछौँ भनी जान्नुहोस्

हामी तपाईँलाई विज्ञापनहरू देखाउन प्रयोग भइरहेको डेटा बारे राम्रोसँग बुझ्नमा मद्दत गर्न चाहन्छौं। यो विज्ञापन किन एक यस्तो सुविधा हो जसले तपाईँ दिइको विज्ञापन किन हेर्दै हुनुहुन्छ भनेर जान्नका लागि प्रोम्प्टलाई क्लिक गर्न अनुमति दिन्छ। उदाहरणका लागि, तपाईँ फेशन वेबसाइटहरूमा गदराख्नु भएको हुनाले तपाईँ लुगाको विज्ञापन देखिरहनु भएको हुन सक्छ। वा यदि तपाईँ रेस्टुरेन्टको विज्ञापन देख्नुहुन्छ भने तपाईँ यो तपाईँको स्थानको कारणले हो भनी पत्ता लगाउन सक्नुहुन्छ। यस प्रकारको डेटाले हामीलाई तपाईँँको लागि उपयोगी हुन सक्ने कुराहरू बारे विज्ञापनहरू देखाउन मद्दत गर्छ। तर हामीले यो डेटा विज्ञापनदाताहरूसँग कहिल्यै पनि साझेदारी गर्दैनौँ भन्ने कुरा याद गर्नुहोस्।