तपाईँको सुरक्षा
हामीले गर्ने सबै कामहरूमा सर्वप्रथम सुरक्षा आउँछ।
यदि तपाईँको डेटा सुरक्षित छैन भने त्यो निजी रहदैन। त्यसकारण हामी खोज, नक्सा र YouTube जस्ता Google का सेवाहरूलाई संसारको सबैभन्दा उन्नत सुरक्षा सम्बन्धी पूर्वाधारहरूद्वारा सुरक्षित गरिएको छ भन्ने कुरा सुनिश्चित गछौँ।
ट्रान्जिटको बेलामा इन्क्रिप्सनले तपाईँको डेटालाई निजी राख्छ
इन्क्रिप्सनले हाम्रा सेवाहरूमा उच्च स्तरको सुरक्षा र गोपनीयता ल्याउँछ। तपाईँले इमेल पठाउने, भिडियो साझेदारी गर्ने, वेबसाइटमा जाने वा आफ्ना तस्बिरहरू भण्डारण गर्ने जस्ता कुुराहरू गर्दा तपाईँले सिर्जना गरेको डेटा तपाईँको यन्त्र, Google का सेवाहरू र हाम्रा डेटा केन्द्रहरू बीच स्थानान्तरित भइराख्दछ। हामी यस डेटालाई HTTPS र परिवहन तहको सुरक्षा जस्ता प्रमुख इन्क्रिप्सन प्रविधि लगायतका सुरक्षाका बहु तहरूले सुरक्षित राख्छौँ।
हाम्रो क्लाउड पूर्वाधारले तपाईँको डेटा २४/७ सुरक्षित राख्छ
Google महादेशहरूको बीचमा डेटा स्थानान्तरण गर्ने अनुकूलन विधिले डिजाइन गरिएका डेटा केन्द्रहरू देखि समुद्रमुनिका फाइबर केबलहरूसम्म संसारको सबैभन्दा सुरक्षित र विश्वसनीय क्लाउड पूर्वाधारहरूको सञ्चालन गर्छ। र तपाईँको डेटा सुरक्षित राख्न र आवश्यक परेको बेला उपलब्ध गराउनको लागि त्यसलाई निरन्तर रूपमा अनुगमन गरिन्छ। वास्तवमा भन्ने हो भने हामी आगलागी, वा विपत्तिको घटनामा डेटालाई स्वत: सुरक्षित र स्थिर स्थानहरूमा सार्न सकियोस् भन्नका खातिर त्यसलाई धेरै डेटा केन्द्रहरूबाट वितरण गर्दछौँ।
खतरा पत्ता लगाउने सुविधाले हाम्रा सेवाहरूलाई सुरक्षित राख्ने काम गर्छ
स्प्याम, मालवेयर, भाइरस र खराब कोडका अन्य स्वरूपहरूबाट हाम्रा सेवाहरू र अन्तरनिहित पूर्वाधारलाई सुरक्षित राख्नको लागि हामी निरन्तर रूपमा तिनीहरूको अनुगमन गर्दछौँ।
हामी सरकारहरूलाई तपाईँको डेटामाथि सोझै पहुँच दिँदैनौँ
हामी कहिल्यै पनि तपाईँको डेटा, अवधि भण्डारण गर्ने तपाईँको डेटा वा हाम्रा सेवाहरूमाथि “गुप्त” पहुँच दिदैनौँ। यसको मतलब कुनै सरकारी निकाय, अमेरिका वा अन्यसँग हाम्रा प्रयोगकर्ताहरूको जानकारीमाथि सोझै पहुँच हुँदैन। कहिलेकाहीँ हामी कानून प्रवर्तक एजेन्सीहरूबाट प्रयोगकर्ताको डेटाको लागि अनुरोध प्राप्त गछौँ। हाम्रो कानुनी टोलीले यी अनुरोधहरूको समीक्षा गर्दछ र अनुरोध निकै व्यापक वा सही प्रक्रिया पालनाा नगरेको पाइएमा त्यसलाई फिर्ता पठाउँछ। हामीले हाम्रो पारदर्शी रिपोर्ट मा यी डेटा अनुरोधहरूका बारेमा स्पष्ट हुन सकेसम्मको प्रयास गरेका छौँ।