तपाईँको डेटा

हामी हामीले संग्रह र प्रयोग गर्ने डेटा बारे तपाईँलाई जानकारी गराउन चाहन्छौँँ।

तपाईँले Google सेवाहरू प्रयोग गर्दा आफ्नो डेटाको सम्बन्धमा हामीमाथि विश्वास गर्नुहुन्छ। हाम्रा सेवाहरूले तपाईँको लागि अझ राम्ररी काम गरून् भन्नका खातिर हामीले संग्रह गर्ने डेटा र हामीले त्यसलाई प्रयोगमा ल्याउने तरिका बारे स्पष्ट हुनु हाम्रो जिम्मेवारी हो।

हामीले संग्रह गर्ने डेटाका मुख्य तीन प्रकारहरू यहाँ दिइएका छन्।

तपाईँले गर्ने कुराहरू

तपाईँले हाम्रा सेवाहरूको प्रयोग गर्दा — उदाहरणका लागि, Google मा कुनै खोजी गर्दा, Google नक्सामा दिशा निर्देशनहरू प्राप्त गर्दा वा YouTube मा भिडियो हेर्दा — हामी यी सेवाहरूले तपाईँका लागि काम गरून् भन्नका खातिर डेटा संग्रह गर्दछौँ। यसमा निम्न कुराहरू समावेश हुन सक्छन्:

  • तपाईँले खोज्ने कुराहरू
  • तपाईँ जाने वेबसाइटहरू
  • तपाईँले हेर्ने भिडियोहरू
  • तपाईँले क्लिक गर्ने वा ट्याप गर्ने विज्ञापनहरू
  • तपाईँको स्थान
  • यन्त्र सम्बन्धी जानकारी
  • IP ठेगाना र कुकी सम्बन्धी डेटा

तपाईँले सिर्जना गर्ने कुराहरू

यदि तपाईँ आफ्नो Google खातामा साइन इन हुनुभएको छ भने हामी तपाईँले हाम्रा सेवाहरूको प्रयोग गरी सिर्जना गर्नुहुने कुराहरूलाई भण्डारण र संरक्षण गर्छौं। यसमा निम्न कुराहरू समावेश हुन सक्छन्:

  • तपाईँले Gmail मा पठाउने र प्राप्त गर्ने इमेलहरू
  • तपाईँले थप्ने सम्पर्कहरू
  • पात्रोमा उल्लेखित कार्यक्रमहरू
  • तपाईँले अपलोड गर्ने तस्बिर र भिडियोहरू
  • ड्राइभमा भएका कागजात, पाना र स्लाइडहरू

तपाईँलाई “तपाईँ” बनाउने कुराहरू

तपाईँले एउटा Google खाताका लागि साइन अप गर्दा हामीलाई तपाईँले दिनु हुने आधारभूत जानकारी राख्छौँ। यसमा समावेश गर्न सक्छ तपाईँको :

  • नाम
  • इमेल ठेगाना र पासवर्ड
  • जन्मदिन
  • लैङ्गिक जानकारी
  • फोन नम्बर
  • देश
एउटा स्मार्टफोनमा रहेको Google नक्सा

Google नक्साले कसरी तपाईँलाई ठाउँ-ठाउँमा अझ छिटो पुर्याउँछ

तपाईँँले Google नक्सा अनुप्रयोगको प्रयोग गर्दा तपाईँको फोनले तपाईँको स्थानको बारेमा डेटाका बेनामी टुक्राहरूलाई Google मा फिर्ता पठाउँछ। यसलाई यातायातको ढाँचाको पहिचान गर्नका निम्ति तपाईँ वरपरका व्यक्तिहरूको डेटासँग मिलाइन्छ उदाहरणका लागि, त्यही सडकमा धेरै सवारी साधनहरू बिस्तारै गुडिरहेका छन् भने नक्साले त्यहाँ ठूलो ट्राफिक छ भनेर पत्ता लगाउन सक्छ। त्यसैले अर्को पटक नक्साले तपाईँलाई दुर्घटनाको चेतावनी दिन्छ र तपाईँलाई द्रुत सडकतिर जान मार्गनिर्देशन गर्छ, तपाईँसँग आफ्ना सह-चालकहरूको डेटा हुनाले नै तपाईँ सर्टकट पत्ता लगाउन सक्नुहुन्छ।

स्वत: पूर्ण सहितको Google खोज पट्टी

Google ले तपाईँका खोजीहरूलाई कसरी स्वत: पूर्ण गर्दछ

तपाईँले केही कुराको खोजी गर्ने क्रममा टाइप गर्दा केही गल्ती हुन जान्छ — र Google ले कुनै तरिकाबाट तपाईँले भन्न खोज्नुभएको कुरा थाहा पाउँछ भन्ने कुरा तपाईँलाई थाहा नै होला? हाम्रो हिज्जे सुधार सम्बन्धी मोडेलले तपाईँले आफ्नो गल्ती सच्याउनु अघि नै यस्तै खाले गल्ती गर्ने व्यक्तिहरूबाट प्राप्त डेटाको प्रयोग गर्दछ। यसरी नै तपाईँले “Barsalona” टाइप गर्दा तपाईँले “Barcelona” टाइप गर्न खोज्नुभएको हो भन्ने कुरा हामीलाई थाहा हुन्छ।

तपाईँको खोज इतिहासले Google लाई तपाईँका खोजहरूलाई स्वत: पूर्ण गर्न पनि मद्दत पुर्याउन सक्छ। उदाहरणका लागि, तपाईँले पहिले “बार्सिलोनाका लागि उडानहरू” खोज्नुभएको छ भने हामी तपाईँले यो टाइप गरिसक्नुभन्दा पहिले नै खोजी बाकसमा यसको सुझाव दिन सक्छौँ। वा यदि तपाईँ कुनै फुटबल क्लबको एक प्रशंसक हुनुहुन्छ र प्रायः “बार्सिलोनाको स्कोर” खोज्नुहुन्छ भने हामी तुरुन्तै त्यो सुझाव दिन सक्छौँ।

स्वतः भरणद्वारा भरिएको एउटा फाराम भएको Chrome को ट्याब

Chrome ले कसरी तपाईँका लागि फारामहरू भर्ने काम सम्पन्न गर्दछ

प्रत्येक पटक खरिद गर्दा वा कुनै खातामा अनलाइन साइन अप गर्दा तपाईँ फारामहरूमा आफ्नो व्यक्तिगत जानकारी भर्न समय खर्च गर्नुहुन्छ। तपाईँले Chrome प्रयोग गर्दा हामीले तपाईँको नाम, ठेगाना, इमेल ठेगाना, भुक्तानी बारे जानकारी जस्ता कुराहरू सुरक्षित गर्दछौँ ताकि हामी यी फारामहरू तपाईँका लागि स्वत: पूर्ण गर्न सकौँ। तपाईँ सधैँ स्वत: भरण क्षेत्रलाई सम्पादन गर्न वा यस सेटिङलाई समग्र रूपमा निष्क्रिय पार्न सक्नु‍हुन्छ।

प्रोफाइल तस्बिर र निजी परिणामहरूको बटन भएको Google खोज पट्टी

Google खोजले कसरी तपाईँलाई आफ्नो जानकारी भेट्टाउन मद्दत गर्दछ

Google खोजले Gmail, Google Photos, पात्रो र थप कुराहरूबाट उपयोगी जानकारी प्राप्त गर्न र त्यसलाई तपाईको निजी खोज परिणामहरूमा देखाउन सक्छ जसले गर्दा तपाईँले आफै खोज्नको लागि मरिमेटी गर्नु पर्दैन। “दाँतको चिकित्सकसँग मेरो नियोजित भेट” “मलाई समुद्रतटका मेरा तस्बिरहरू देखाउनुहोस्”, वा “मेरो होटलको रिजर्भेसन कहाँ छ” जस्ता कुराहरू मात्र खोजी गर्नुहोस्। तपाईँ साइन इन रहुन्जेल हामी अन्य Google सेवाहरूबाट यो जानकारी लिनेछाैँ र एकै चरणमा तपाईँलाई त्यो जानकारी दिनेछौँ।

प्रयोगकर्ता र Google सहायक बीचको कुराकानीका बबलहरू

तपाईंको Google सहाय‍कले निम्न तरिकाले तपाईंलाई आफ्ना कार्यहरू सम्पन्न गर्न मद्दत गर्दछ

तपाईं आफ्नो घरमा वा अन दि गो मा हुनुभए पनि तपाईंको सहायक सधैं तपाईंलाई मद्दत गर्न तयार रहन्छ। तपाईंले आफ्नो सहायकलाई कुनै प्रश्न सोध्दा वा कुनै कार्य गर्न लगाउँदा यसले तपाईंलाई चाहिएको कुरा उपलब्ध गराउन Google का अन्य सेवाहरूको डेटाको प्रयोग गर्दछ। उदाहरणका लागि तपाईंले “नजिकमा कुन-कुन कफी पसलहरू छन्?” भनी सोध्दा वा “भोलि मलाई कुनै छाता चाहिन्छ?” भनी सोध्दा तपाईंको सहायकले तपाईंलाई सबैभन्दा सान्दर्भिक जवाफ दिन नक्सा र खोजका साथै तपाईंको स्थान, रुचि र प्राथमिकताहरूबाट प्राप्त गरिएको जानकारीको प्रयोग गर्छ। तपाईं सधैं आफ्नो सहायकसँगको अन्तरक्रियाबाट संग्रह गरिएको डेटा हेर्न वा मेट्न मेरो गतिविधि नामक उपकरणमा जान सक्नुहुन्छ।

Google चलाउने आफ्नो अनुभवलाई आफ्नै इच्छा अनुसार ढाल्नुहोस्

यहाँँ आफ्नो गोपनीयताको व्यवस्थापन गर्न तपाईँले जुन सुकै समय प्रयोग गर्न सक्ने केही उप‍करणहरू दिइएका छन्।

मेरो खाता प्रदर्शन गरिएको ब्राउजर

मेरो खातामा गएर आफ्ना गोपनीयता सम्बन्धी सेटिङहरूको व्यवस्थापन गर्नुहोस्

तपाईँसँग Google खाता भए पनि नभए पनि, कस्तो प्रकारको जानकारीले Google सेवाहरूलाई तपाईँको लागि राम्रो काम गराउन सक्छ भन्ने निर्णय गर्नुहोस्। मेरो खाता ले तपाईँलाई आफ्नो व्यक्तिगत जानकारी व्यवस्थापन गर्न र आफ्नो गोपनीयताको सुरक्षा गर्न मद्दत गर्ने उपकरणहरूमा द्रुत पहुँच दिन्छ।

Chrome को एउटा विन्डोमा रहेका विगतका खोजीहरू

मेरो गतिविधिमा गई तपाईँको खातामा के-कस्तो डेटा छ भनेर हेर्नुहोस्

मेरो गतिविधि एउटा त्यस्तो केन्द्रीय स्थान हो जहाँ तपाईँ आफूले हाम्रा सेवाहरूको प्रयोग गरेर खोज्नुभएका, देख्नुभएका वा हेर्नुभएका सबै कुराहरू भेट्टाउन सक्नुहुन्छ। तपाईँको विगतको अनलाइन गतिविधिको सम्झना गर्न सजिलो बनाउन हामी तपाईँलाई विषय, मिति र उत्पादन अनुसार खोज्नको लागि उपकरणहरू दिन्छौँ। तपाईँ आफ्नो खातासँग सम्बद्ध गर्न नचाहनुहुने विशिष्ट गतिविधि वा सम्पूर्ण विषयहरूलाई पनि स्थायी रूपमा मेट्न सक्नुहुन्छ।

Chrome को इन्कोग्निटोको आइकन

इन्कोग्निटो मोड मार्फत निजी रूपमा वेब ब्राउज गर्नुहोस्

तपाईँको वेब इतिहासले तपाईँका खोजी परिणामहरूलाई बढी उपयोगी बनाउन मद्दत गर्न सक्छ, तर यस्तो समय पनि आउँछ जब तपाईँले निजी रूपमा ब्राउज गर्नु पर्ने हुन्छ। उदाहरणका लागि यदि तपाईँ आफ्नो प्रियतमासँग कम्प्युटर साझेदारी गर्नुहुन्छ भने तपाईँ आफ्नो ब्राउजिङ इतिहासले तपाईँले खोज्नुभएको जन्मदिनको आश्चर्यजनक उपहारलाई व्यर्थ बनाओस् भन्ने चाहनुहुन्न होला। यस्ता क्षणहरूमा Google Chrome लाई तपाईँको खोजी इतिहास सुरक्षित गर्नबाट रोक्न अफ्नो कम्प्युटर वा मोबाइल यन्त्रमा इन्कोग्निटो विन्डो खोल्नुहोस्।