नियन्त्रणमा लिनुहोस्

आफ्नो गोपनीयताको व्यवस्थापन गर्ने नियन्त्रणहरू तपाईँकै हातमा हुन्छन्।

हामी हाम्रा सेवाहरूलाई सम्भव भएसम्म उपयोगी बनाउनका लागि डेटालाई प्रयोग गछौँ, तर कस्तो प्रकारको डेटा सङ्कलन र प्रयोग गर्ने भनेर तपाईँ निर्णय गर्नुहुन्छ। तपाईँलाई आफ्नो गोप‍नीयता र सुरक्षालाई व्यवस्थापन गर्न मद्दत गर्ने प्रयोग गर्न सजिला उपकरणहरूमा छिटो पहुँच दिनको लागि हामीले मेरो खातालाई निर्माण गरेका हौं। निम्न सेटिङहरूको समीक्षा गरेर तपाईँ तपाईँको डेटाले Google सेवाहरूलाई तपाईँको लागि कसरी अझ राम्रो कार्य गर्ने खाले बनाउन सक्छ भनेर निर्णय गर्नुहुन्छ।

मेरो खातामा जानुहोस्

गोपनीयता जाँच मार्फत आफ्ना गोपनीयता सेटिङहरूको व्यवस्थापन गर्नुहोस्

केही मिनेटमै तपाईँ Google ले संंग्रह गर्ने डेटाका प्रकारहरूको व्यवस्थापन गर्न, तपाईँले साथीहरूसँग साझेदारी गर्ने जानकारीलाई अद्यावधिक गर्न (वा Google+ मा सार्वजनिक गर्ने) र Google ले देखाओस् भनी चाहनुहुने विज्ञापनहरूका प्रकारलाई समायोजन गर्न सक्नुहुन्छ। तपाईँ यी सेटिङहरूलाई आफूले चाहेको बेला परिवर्तन गर्न सक्नुहुन्छ।

गोपनीयताको जाँच गर्नुहोस्

सुरक्षा जाँच मार्फत आफ्नो खाता सुरक्षित राख्नुहोस्

तपाईँले आफ्नो Google खातालाई सुरक्षित राख्न गर्न सक्नुहुने पहिलो कार्य भनेको सुरक्षा जाँच लिने हो। तपाईँको पुनःप्राप्ति जानकारी अद्यावधिक छ र तपाईँको खातासँग जोडिएका वेबसाइट, अनुप्रयोग र यन्त्रहरू नै असल रूपमा तपाईँ अझै प्रयोग र विश्वास गर्नुहुन्छ भनेर प्रमाणित गर्न तपाईँलाई मद्दत गर्न हामीले यसलाई निर्माण गरेका हौं। यदि कुनै कुरा शङ्कास्पद देखिन्छ भने तपाईँ तुरुन्तै आफ्ना सेटिङहरू वा पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ। सुरक्षा जाँचले केही मिनेट लिन सक्छ र तपाईँ यो जॉंच जति चोटि गर्न चाहनुहुन्छ त्यति चोटि गर्न सक्नुहुन्छ।

सुरक्षाको जाँच गर्नुहोस्

कुन डेटा तपाईँको खातासँग सम्बन्धित छ भनेर निर्णय गर्नुहोस्

नक्सामा थप राम्रा यात्रा विकल्पहरू देखि लिएर खोजमा द्रुत परिणामहरूसम्म, हामीले तपाईँको खाता मार्फत सुरक्षित गर्ने डेटाले Google सेवाहरूलाई तपाईँका लागि थप उपयोगी बनाउन सक्छ। गतिविधि नियन्त्रणहरूको प्रयोग गरेर तपाईँ कुन कुरा तपाईँको खातासँग सम्बन्धित हुन्छ भन्ने कुराको निर्णय गर्न सक्नुहुन्छ र डेटाको विशेष प्रकारको संग्रह रोक्न सक्नुहुन्छ — जस्तै तपाईँका खोज र ब्राउजिङको गतिविधि, तपाईँ जाने ठाउँहरू र तपाईँका यन्त्रहरूका जानकारी।

गतिविधि नियन्त्रणहरूमा जानुहोस्

आफ्ना प्राथमिकताहरूमा आधारित विज्ञापनहरूलाई नियन्त्रण गर्नुहोस्

आफ्ना विज्ञापन सेटिङहरूमा तपाईँ आफूलाई रुचि लाग्ने विषयहरूको आधारमा विज्ञापनहरूलाई नियन्त्रण गर्न सक्नुहुन्छ। उदाहरणका लागि, यदि तपाईँ तपाईँलाई पप संगीत मन पर्छ भनेर Google लाई भन्नको लागि विज्ञापन निजीकरण सम्बन्धी सेटिङहरूको प्रयोग गर्नुहुन्छ भने तपाईँ YouTube मा साइन इन हुँदा आगामी रिलिजहरू र तपाईँको ठाउँ नजिकैका सोहरूका विज्ञापनहरू देख्न सक्नुहुन्छ।

यदि तपाईँ आफू साइन इन हुँदा विज्ञापनहरूको निजीकरणलाई निष्क्रिय गर्नुहुन्छ भने हामी आफ्ना Google सेवाहरूका साथ-साथै हामीसँग साझेदारी गर्ने वेबसाइट र अनुप्रयोगहरूमा तपाईँका रुचिहरूसँग सम्बन्धित विज्ञापनहरू देखाउन रोक्नेछौँ। तपाईँ साइन आउट भएको छ भने विज्ञापनहरूको निजीकरणलाई निष्क्रिय पार्नुले विज्ञापनहरू देखाइने Google सेवाहरूमा मात्र असर पर्नेछ।

विज्ञापनका सेटिङहरूमा जानुहोस्

मेरो गतिविधिमा गई तपाईँको खातामा के-कस्तो डेटा छ भनेर हेर्नुहोस्

मेरो गतिविधि एउटा त्यस्तो केन्द्रीय स्थान हो जहाँ तपाईँ आफूले हाम्रा सेवाहरूको प्रयोग गरेर खोज्नुभएका, देख्नुभएका वा हेर्नुभएका कुराहरू फेला पार्न सक्नुहुन्छ। तपाईँको विगतको अनलाइन गतिविधिको सम्झना गर्न सजिलो बनाउन हामी तपाईँलाई विषय, मिति र उत्पादन अनुसार खोज्न उपकरणहरू दिन्छौँ। तपाईँ आफ्नो खातासँग सम्बद्ध गर्न नचाहनुहुने विशिष्ट गतिविधि वा सम्पूर्ण विषयहरूलाई पनि स्थायी रूपमा मेट्न सक्नुहुन्छ।

मेरो गतिविधिमा जानुहोस्

तपाईँको आधारभूत खाता बारे जानकारी

Google सेवाहरूमा कुन व्यक्तिगत जानकारी साझेदारी गर्ने भनेर नियन्त्रण गर्नुहोस् — जस्तै तपाईँको नाम, इमेल ठेगाना र फोन नम्बर।

आफ्नो व्यक्तिगत जानकारीको समीक्षा गर्नुहोस्

आफ्नो डेटा डाउनलोड गर्नुहोस् भन्ने सुविधा मार्फत आफ्नो सामग्रीलाई कुनै पनि ठाउँमा लैजानुहोस्

तपाईँका तस्बिरहरू तपाईँका इमेलहरू। तपाईँका सम्पर्कहरू। तपाईँका पुस्तक चिन्हहरू पनि। तपाईँ आफ्नो Google खातामा भण्डार गरिएको सामग्रीको नियन्त्रणमा हुनुहुन्छ। त्यसैले हामीले आफ्नो डेटा डाउनलोड गर्नुहोस् भन्ने सुविधाको सिर्जना गरेका हौँ — यसले गर्दा तपाईँ यसको प्रतिलिपि बनाउन सक्नुहुन्छ वा यसलाई अन्य सेवामा सार्न पनि सक्नुहुन्छ।

आफ्नो डेटा डाउनलोड गर्नुहोस् मा जानुहोस्