अझ सुरक्षित इन्टरनेट

हामी सबैका लागि अझ सुरक्षित इन्टरनेट बनाउन मद्दत गर्छौं।

हामीसँग सुरक्षा प्रविधिको विकासको लामो इतिहास छ जसले हाम्रा आफ्ना प्रयोगकर्ताहरूलाई मात्र नभई समग्र अनलाइन संसारलाई लाभ दिन्छ। हामीले आफ्ना सेवाहरूलाई सुरक्षित राख्ने प्रविधिको सिर्जना गर्दा हामी यसलाई सबैको फाइदाको लागि साझेदारी गर्ने अवसरहरू पाउँँछौँ। र जसरी-जसरी खतराहरू समय सँगसँगै परिवर्तन हुँदै गए हाम्रा अनुकूलित, दूरदर्शी साधनहरूले अन्य कम्पनीहरूले पनि अनुकरण गर्ने बाटो खुलाए।

सुरक्षित ब्राउजिङले Chrome प्रयोगकर्ताहरू मात्रलाई नभई धेरै कुरालाई सुरक्षित राख्दछ

हामीले मूल रूपमा Chrome प्रयोगकर्ताहरू खतरनाक वेबसाइटमा जान लाग्दा तिनीहरूलाई सर्तक गराई तिनीहरूलाई मालवेयर, फिसिङका प्रयास बाट सुरक्षित राख्नको लागि हाम्रो सुरक्षित ब्राउजिङ प्रविधि को निर्माण गरेका थियौँ। सबैका लागि इन्टरनेट सुरक्षित बनाउन हामीले Apple Safari र Mozilla Firefox लगायतका अन्य कम्पनीहरूका ब्राउजरहरूमा यो सुरक्षित ब्राउजिङ प्रविधिको प्रयोग निःशुल्क बनाएका छौँ। आज संसारको आधा अनलाइन जनसंख्या सुरक्षित ब्राउजिङद्वारा सुरक्षित छ।

हामी वेबसाइटका मालिकहरूलाई तिनीहरूको साइटमा सुरक्षा सम्बन्धी त्रुटिहरू हुँदा सतर्क पनि गराउँछौँ र चाँँडै समस्याहरूको समाधन गर्नका निम्ति तिनीहरूलाई निःशुल्क उपकरणहरू प्रदान गर्दछौँ। हामी आफूले नयाँँ सुरक्षा प्रविधिको विकास गर्दा त्यसलाई निरन्तर साझेदारी गरेर सबैक‍ो लागि सुरक्षित इन्टरनेट बनाउन मद्दत गछौँ।

तपाईँले इन्टरनेट ब्राउज गर्दा तपाईँलाई सुरक्षित राख्नका लागि हामी HTTPS प्रयोग गछौँ

HTTPS इन्क्रिप्सन मार्फत हाम्रा सेवाहरूमा जुट्नुले तपाईँलाई तपाईँ आफूले चाहनुभएको कुरा र ठाउँ प्राप्त गर्नुहुन्छ भन्ने कुरा पक्का गर्न तपाईँलाई आफ्नो जालमा फसाउन खोजिरहेका व्यक्ति र दुर्भावनायुक्त ह्याकरहरूबाट सुरक्षित राख्छ। वेबसाइटहरूलाई यस थपिएको सुरक्षा अपनाउनको लागि उत्प्रेरित गर्न हामीले HTTPS इन्क्रिप्सनको निर्माण गरेका छौँ जुन हाम्रा खोज परिणामहरूमा वेबसाइटहरूलाई वर्गीकरण गर्दा Google खोजको अल्गोरिद्मले प्रयोग गर्ने सिग्नलहरू मध्ये एक हो।

हामी भेद्यताहरूलाई अनावरण गर्न सुरक्षा सम्बन्धी पुरस्कारहरूको आयोजना गछौँ

Google मा हामी सुरक्षा सम्बन्धी पुरस्कार कार्यक्रमहरू को आयोजना गछौँ जसले स्वतन्त्र अनुसन्धानकर्ताहरूलाई हाम्रा सेवाहरूमा भेद्यताहरू भेट्टाए र सुरक्षा समाधान सिर्जना गरे बापत् भुक्तानी गर्दछ। हरेक वर्ष हामी अनुसन्धान सम्बन्धी अनुदान र बग सम्बन्धी पुरस्कारहरूमा करोडौं डलर पुरस्कार दिन्छौँँ। हामी अहिले Chrome र Android जस्ता थुप्रै Google उत्पादनहरूका लागि सुरक्षा इनामका कार्यक्रमहरूको प्रयोग गछौँ।

हामी हाम्रा सुरक्षाका उपकरणहरू विकासकर्ताहरूलाई उपलब्ध गराउँछौँ

हामीलाई हाम्रो सुरक्षा प्रविधिले अरूलाई मूल्य प्रदान गर्न सक्छ भन्ने विश्वास लागे पछि हामी त्यसलाई साझेदारी गछौँ। उदाहरणको लागि, हामी विकासकर्ताहरूले सुरक्षा भेद्यताहरू जाँच गर्न अनुप्रयोग इञ्जिनमा रहेका आफ्ना वेब अनुप्रयोगहरूलाई स्क्यान र विश्लेषण गर्न सकून् भन्नका खातिर तिनीहरूलाई हाम्रो Google क्लाउड सुरक्षा सम्बन्धित स्क्यानर निःशुल्क उपलब्ध गराउँछौँ।

हामी सुरक्षित इन्टरनेटलाई प्रोत्साहन गर्नका लागि हाम्रा अभ्यासहरूको बारेमा रहेको डेटा साझेदारी गछौँ

२०१० देखि Google पारदर्शी रिपोर्ट प्रकाशित गर्दै आएको छ जसले प्रतिलिपि अधिकार हटाउने कार्य, प्रयोगकर्ताको डेटाको सम्बन्धमा सरकारको अनुरोध र सुरक्षित ब्राउजिङ जस्ता सुरक्षा पहल लगायतका कुरा बारे तथ्याङ्कहरू देखाउँछ। हामी वेबसाइटहरू र इमेलका लागि उद्योगको इन्क्रिप्सन ग्रहणको आधारमा पनि डेटा साझेदारी गछौँ। हामी यो कार्य हाम्रा प्रयोगकर्ताहरूसँग हाम्रो प्रगति साझेदारी गर्नका लागि मात्र नभएर सबैको लागि सुरक्षित इन्टरनेको चासोका खातिर सशक्त सुरक्षा मानक अपनाउन अरूलाई प्रोत्साहन गर्नका लागि पनि गर्दछौँ।